सुदूरपश्चिम


भारतीय गाडीलाई ‘टाइम कार्ड’

भारतीय गाडीलाई ‘टाइम कार्ड’

नेपालखबर
असोज ६, २०८२ सोमबार २१:४२, कञ्चनपुर

पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै आउने भारतीय ‘नम्बर प्लेट’का सवारीसाधनका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। 

भन्सार महसुल ऐन,२०८१ को अनुसूची–५ मा भएको व्यवस्थाबमोजिम भारतीय सवारीसाधनलाई नजिकको महेन्द्रनगर बजारसम्म आउने–जाने कार्यका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। 

यस कार्यले सीमा नाका हुँदै आउने भारतीय सवारीसाधनको अभिलेख राख्नुका उनीहरूका गतिविधिबारे अनुगमन गर्न पनि सहज हुने उनले बताए। 

‘यस प्रणालीअन्तर्गत सीमा नाका हुँदै आउने भारतीय गाडीलाई समय तोकेर पठाइनेछ। निर्धारित समयभित्र सो गाडी फर्कनुपर्नेछ। निर्धारित समयभित्र नफर्कने गाडी नियन्त्रणमा लिएर कारबाही गरिनेछ’, बोहराले भने। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad