सुदूरपश्चिम


भारतले धौलीगंगा बाँध खोल्दै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह

भारतले धौलीगंगा बाँध खोल्दै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह

नेपालखबर
साउन १९, २०८२ सोमबार १९:१५, कञ्चनपुर

महाकाली नदीमा पानीको बहाव घटेपछि चारपांग्रे सवारी साधन सुचारु भएका छन्। पानीको बहाव एक लाख क्युसेक नाघेपछि सोमबार बिहानदेखि शारदा ब्यारेज पुल भएर हुने चारपांग्रे सवारी साधनमा रोक लगाइएको थियो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार महाकालीमा पानीको बहाव ९९ हजार ४९० क्युसेक पुगेको छ। अहिले चारपांग्रे सवारी साधन पनि सुचारु गरिएको उनले बताए। 

पुल पुरानो भएका कारण बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ। 

यता, भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएपछि महाकाली तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

मंगलबार साउन २० गते बिहान ६ बजेदेखि बुधबार साउन २१ बिहान ६ बजेसम्म जलविद्युत परियोजनाको सिल्ट सफाईको कार्य गरिने भएकाले बाँध खोलिने जानकारी आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। 

सोमबार एक सूचना जारी गदै दार्चुला प्रशासनले सो अवधि र त्यसपछि पनि महाकालीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad