लागुऔषध मुद्दाका एक फरार कसुरदार २३ वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्याङ्जाको आँधिखोला गाउँपालिका–४ बस्ने ४८ वर्षीय रामचन्द्र पौडेल रहेका छन्।
पौडेललाई साउन १८ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले पक्राउ गरेको हो।
कास्की जिल्ला अदालतबाट २०५९ वैशाख २३ गते लागुऔषध मुद्दामा १० महिना १८ दिन कैद तथा ५ हजार रुपैयाँ जरिवाना तोकिएका उनी फरार रहँदै आएका थिए।
पौडेललाई आवश्यक कारबाहीका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकार दिए।
1.1k
Shares

प्रतिक्रिया