सुदूरपश्चिम


पत्रकार खेम भण्डारीलाई एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तिराउने फैसला

पत्रकार खेम भण्डारीलाई एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तिराउने फैसला

नेपालखबर
जेठ १, २०८२ बिहिबार १९:५०, कञ्चनपुर

कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ।

न्यायाधीश राजेन्द्रसिंह भण्डारीको एकल इजलासले बिहीबार पत्रकार भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा दोषी ठहर गर्दै एक महिना कैद, १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ।

बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले पत्रकार भण्डारीविरुद्ध मुद्दा दायर गरेका थिए।

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले बिहीबार मानसखण्ड दैनिकका सम्पादक भण्डारीलाई दोषी ठहर गर्दै कैदको फैसला सुनाएको हो।

कञ्चनपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले पत्रकार भण्डारीलाई गाली बेइज्जतीको कसुरमा १ महिना कैदको फैसला भएको बताए।

उनका अनुसार पत्रकार भण्डारीलाई १ महिना कैदका साथै १० हजार जरिवाना र १ लाख क्षतिपूर्ति तिराउने फैसला भएको छ।

पत्रकार भण्डारीले अदालतले गरेको फैसला सम्मान गर्ने बताएका छन्। फैसलाविरुद्ध तत्काल माथिल्लो अदालतमा जाने तयारी सुरु गरेको उनले बताए। निर्मलाको न्यायको लडाइँ जीवनभर लड्ने घोषणा गरेको उनले सामाजिक सञ्जालमा लेखेका छन्।

१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी बालिका निर्मला पन्त भोलिपल्ट घरनजिकै उखुबारीमा मृत भेटिएकी थिइन्। निर्मला हत्या घटनाको दोषी अहिलेसम्म पहिचान हुन सकेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad