सुदूरपश्चिम


अछाममा ग्यास सिलिन्डर पड्केर सल्कियो आगो, २७ घर खण्डहर (तस्बिरहरू)

अछाममा ग्यास सिलिन्डर पड्केर सल्कियो आगो, २७ घर खण्डहर (तस्बिरहरू)

गोकुल जोशी
चैत २७, २०८१ बुधबार ११:२०, कञ्चनपुर

अछाममा आगलागी हुँदा २७ घर तथा पसल जलेर नष्ट भएका छन्। बान्निगढी जयगढ गाउँपालिका–३ स्थित जयगढ बजारमा गएराति आगलागी भएको हो।

पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई सेन्टरमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

आगलागीबाट १५ वटा टीनले छाएको पसल र १२ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए।
 
आगलागीबाट भएको क्षतिको यकिन विवरण आइसकेको छैन। आगलागीबाट ७ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। मानवीय र चौपाय क्षति भएको छैन।

मंगलबार बेलुका ७ बजेतिर लागेको आगो मध्यराति १ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad