सुदूरपश्चिम


३२ घण्टाको प्रयासपछि समातियो बाघ (भिडिओ)

३२ घण्टाको प्रयासपछि समातियो बाघ (भिडिओ)

गोकुल जोशी
चैत १७, २०८१ आइतबार १५:२९, कञ्चनपुर

कञ्चनपुरमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ।

झन्डै ३२ घण्टापछि आइतबार दिउँसो बाघ समातिएको हो। 

कञ्चनपुरको बेलौरी नगरपालिका-२ टेडुवास्थित गहुँ खेतमा शनिबार बिहान बाघ पसेको थियो। त्यसयता स्थानीय त्रासमा थिए। 

राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाको प्राविधिक टोलीले आइतबार डार्ट गरेर बाघलाई नियन्त्रणमा लिएको हो।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघ समात्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहित टोली खटाइएको थियो।

प्राविधिक टोली सुरक्षाकर्मी र वनकर्मीको सहायतामा डार्ट गरी बाघ नियन्त्रणमा लिन सफल भएको हो।

बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ल्याइँदै छ।

बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज लैजाने वा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाड्ने, यकिन भइसकेको छैन।

गहुँ खेतमा पसेको वयस्क बाघ कमजोर रहेको वनकर्मी बताउँछन्।

बाघ समात्दाको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad