सुदूरपश्चिम


भीम रावलको अभियानमा लागेको भन्दै जिल्ला र प्रदेश तहका ५ नेता एमालेबाट निस्कासित

भीम रावलको अभियानमा लागेको भन्दै जिल्ला र प्रदेश तहका ५ नेता एमालेबाट निस्कासित

नेपालखबर
माघ २०, २०८१ आइतबार १९:३६, काठमाडौँ

नेकपा एमालेबाट निस्कासित भीम रावलको अभियानमा लागेको भन्दै जिल्ला र प्रदेश तहका ५ नेता एमालेको कारबाहीमा परेका छन्।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पाँऔं सचिवालय बैठकले सचेत गराउँदा रावलको अभियानमै रहिराखेको र पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै ५ जना नेतालाई साधारण सदस्यबाटै हटाइएको बताएको छ। 

रावलले सुरु गरेको मातृभूमि जागरण अभियानलाई सहयोग गरेको भन्दै निस्कासित गरिएका नेताहरूमा अछाम जिल्ला सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवर रहेका छन्।

त्यस्तै प्रदेश कमिटी सदस्य जंगबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई  पनि एमालेले पार्टीबाट निस्कासन गरेको छ। यी सबै अछामका हुन्।

(यसअघि पूर्वसांसद हर्क कुँवर कारबाहीमा परेको भन्ने बेहोरा र उनको तस्बिर असावधानीवश परेकाले सच्याइएको छ।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad