सुदूरपश्चिम


बैतडीमा जिप दुर्घटना हुँदा २ किशोरीको मृत्यु, ४ जना गम्भीर घाइते

बैतडीमा जिप दुर्घटना हुँदा २ किशोरीको मृत्यु, ४ जना गम्भीर घाइते

दुर्घटनामा परेको जिप


नेपालखबर
माघ १२, २०८१ शनिबार १३:७, कञ्चनपुर

बैतडीमा शनिबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्, जसमध्ये ४ जनाको अवस्था गम्भीर छ। 

प्रहरीका अनुसार बिहान भएको जिप दुर्घटनामा जिल्लाको सिगास गाउँपालिका-१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको मृत्यु भएको हो। 

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार सिगास गाउँपालिका-१ माडौँमा शनिबार बिहान सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट ७ सय मिटर तल खसेको हो। 

दुर्घटनामा परेर ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया हेमन्ती कुमारी धामी र १४ वर्षीया भागरथी धामी गम्भीर घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। 

यस्तै जिप दुर्घटनामा हाम फालेकी सिगास गाउँपालिका-१ कै १८ वर्षीया धना कुमारी धामी पनि सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad