सुदूरपश्चिम


जानकारीबिनै भारतीय जेसिबी नेपालतर्फ आएपछि दार्चुलामा विवाद

जानकारीबिनै भारतीय जेसिबी नेपालतर्फ आएपछि दार्चुलामा विवाद

गोकुल जोशी
पुस ७, २०८१ आइतबार १३:२, कञ्चनपुर

दार्चुलास्थित महाकाली नदीमा नेपालतर्फ भारतीय जेसिबी आएपछि विवाद उत्पन्न भएको छ। नेपालतर्फ उत्खनन् गरेर महाकालीको धार परिवर्तन गर्न भारतीय जेसिबी आएको स्थानीयको आरोप छ।

सदरमुकाम खलंगा नजिक महाकालीको वारी भारतीय पक्षले नेपाली प्रशासनसंग समन्वय नै नगरेर जेसिबी ल्याएपछि विवाद भएको हो।

अहिले जेसिबीलाई रोकेर स्थानीय भेला भएका छन्। समन्वय नै नगरेर भारतीय जेसिबी नेपालतर्फ महाकाली नदीमा आएपछि सुरक्षाकर्मीले रोकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए। 

त्यसपछि स्थानीय पनि भेला भएका थिए। जेसिबी के का लागि महाकालीमा नेपालतर्फ आएको भन्नेबारे भारतीय पक्षसंग बुझ्ने काम भइरहेको उनले बताए। 

दार्चुलामा महाकालीको धार परिवर्तन गर्ने गरी भारतले तटबन्ध निर्माण गरिरहेको भन्दै बेला बेलामा विवाद हुने गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad