कैलालीको धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालको भारतको दिल्लीमा उपचार भइरहेको छ।
मस्तिष्क स्ट्रोकको समस्या देखिएपछि शनिबार धनगढीबाट रेफर गरिएका मेयर हमालको दिल्लीको साकेतस्थित म्याक्स अस्पतालको न्युरोइन्टेन्सिभ केयर आईसीयू र स्ट्रोक युनिटमा उपचाररत छन्।
मेयर हमालका भाइ श्याम हमालको दिएको जानकारी उद्धृत गर्दै मेयर हमालको सचिवालयले उपचारको क्रममा चिकित्सकहरुले विभिन्न परीक्षण जारी राखेको छ।
डाक्टरले ४८ घण्टा निगरानीमा राखेर त्यसपछि आगामी उपचार प्रक्रिया निर्धारण गर्ने जानकारी दिएको उल्लेख छ।
शुक्रबार राति टाउको दुखेपछि धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका मेयर हमाललाई अर्को दिन दिल्ली रेफर गरिएको थियो।
114
Shares

प्रतिक्रिया