सुदूरपश्चिम


सुतेका पतिलाई इँटा प्रहार गरेर पत्नीले गरिन् हत्या

सुतेका पतिलाई इँटा प्रहार गरेर पत्नीले गरिन् हत्या

नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार १९:३६, कञ्चनपुर

कञ्चनपुरमा घरायसी विवादमा श्रीमतीले इँटा प्रहार गरेर श्रीमानको हत्या गरेकी छन्।

बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको उनकै श्रीमती ४३ वर्षीय जनक कुमारी रानाले हत्या गरेकी हुन्।

श्रीमानको हत्या आरोपी रानालाई इलाका प्रहरी कार्यालय बेलौरीले नियन्त्रणमा लिएको छ।

बिहीबार बेलुकी प्रहरीलाई सियाराम आफ्नै घरको शौचालयमा चिप्लेर लडी मृत अवस्थामा रहेको जानकारी आएको थियो।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भाष्कर चन्द नेतृत्वको टोली घटनास्थल पुग्दा मृतकको शव शौचालयमा नभएर नजिकै ग्यालरीको कुनामा सिरकले छोपेको अवस्थामा थियो।

घटनास्थल हेर्दा शौचालय र बाथरुममा लडेको जस्तो नदेखिएको पाइएपछि घटना शंकास्पद लागेर प्रहरीले अनुसन्धान अघि बढायो। मृतकको टाउको र तालुमा काटिएको जस्तो चोटहरू थिए।

घरभित्र खानतलासी गर्दा कोठा, कुर्सी, टेबल, ढोकालगायत स्थानमा रगतको छिटा देखिएको प्रहरीले जनाएको छ।

यस्तै, खाटमुनि रगत लागेको आधा इँटा पनि प्रहरीले भेटायो। कोठाको दराजभित्र झोलामा रगत लतपतिएको पुरुष र महिलाले लगाउने कपडा फेला परेका थिए।

घटनाका विषयमा सोधपुछ गर्दा श्रीमती जनक कुमारीले श्रीमानको हत्या गरेको प्रहरीसमक्ष स्वीकारिन्।

प्रहरीका अनुसार बिहीबार बिहान घरायसी विवादमा श्रीमान र श्रीमतीबीच झगडा भएको थियो। दिउँसो श्रीमान सुतेको अवस्थामा इँटा ले टाउकोमा हानेर हत्या गरेको श्रीमती जनक कुमारीले प्रहरीसमक्ष स्वीकारेकी छिन्।

उनलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धानका लागि जिल्ला अदालत कञ्चनपुरबाट १० दिनको म्याद लिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट रगत लागेको इँटा को टुक्रा, मोबाइल, जेब्रा झोला र रगतले लतपतिएका कपडा बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad