सुदूरपश्चिम


समाजमा घृणा फैलाउनेप्रति सरकार सचेत छ : गृहमन्त्री लेखक

समाजमा घृणा फैलाउनेप्रति सरकार सचेत छ : गृहमन्त्री लेखक

नेपालखबर
मंसिर ५, २०८१ बुधबार १८:२५, कञ्चनपुर

गृहमन्त्री रमेश लेखकले समाजमा घृणा फैलाउने कामप्रति सरकार सचेत रहेको बताएका छन्।

नेपाली कांग्रेस कञ्चनपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लेखकल धार्मिक, जातीय, साम्प्रादायिक, क्षेत्रीय द्धेष फैलाउने र मानिसहरुको चरित्र हत्या गरेर समाजलाई अमर्यादित दिशातर्फ लैजाने काम लोकतन्त्र सम्मत नहुने बताए।

‘लोकतन्त्र भनेको अनुशासनको पद्धति हो। अराजकताको पद्धति होइन। लोकतन्त्रमा आलोचना गर्न पाइन्छ, आफ्ना कुरा राख्न पाइन्छ। सरकार र पदमा बसेकाहरुको आलोचना गर्न पाइन्छ। तर आलोचना, विरोध र प्रदर्शनहरु संयमित र मर्यादित हुनुपर्छ,’ उनले भने, ‘समाजमा घृणा फैलाउने, धार्मिक, जातीय, साम्प्रादायिक, क्षेत्रीय द्धेष फैलाउने र मानिसहरुको चरित्र हत्या गर्ने, विभिन्न ढंगले भ्रामक र कपोकल्पित कुरा गर्ने, त्यस्ता खालमा लालछना लगाउने र समाजलाई मर्यादित दिशातर्फ लैजान काम लोकतन्त्र सम्मत हुन सक्दैन। त्यस्ता कुराका लागि हामी अत्यन्त सचेत छौँ।’

लोकतन्त्रलाई अनुशासनको पद्धतिलाई रुपमा स्थापित गर्नु पर्ने उनले बताए। अराजकताका बढेमा लोकतन्त्र कमजोर हुने उनको भनाइ छ।

सरकार मुलुकका सुशासन कायम गर्न र संविधानको रक्षा गर्न गम्भीर रहेको मन्त्री लेखकको भनाइ थियो।

‘समाजमा हुने अवाञ्छित गतिविधि, कुशासन, घृणा फैलाउने गतिविधि कुनै पनि हालतमा सह्य हुँदैनन्,’ उनले भने।

गृहमन्त्री लेखकले उपचुनाव भयरहित, स्वच्छ र निष्पक्ष तरिकाले सम्पन्न गर्न सम्पूर्ण सुरक्षा प्रवद्र्धन मिलाइएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad