सुदूरपश्चिम


बेपत्ता किशोरी अझै फेला परिनन्, आरोपी प्रहरी हवल्दारविरुद्ध मुद्दा हाल्दै परिवार

बेपत्ता किशोरी अझै फेला परिनन्, आरोपी प्रहरी हवल्दारविरुद्ध मुद्दा हाल्दै परिवार

सांकेतिक तस्बिर


गोकुल जोशी
असोज २८, २०८१ सोमबार १५:२, कञ्चनपुर

बैतडीमा चार दिनदेखि बेपत्ता किशोरीको अवस्था अझै अज्ञात छ। पञ्चेश्वर गाउँपालिका–२ की १८ वर्षीया किशोरी शुक्रबार बिहानदेखि बेपत्ता छिन्।

उनको खोजी तीब्र पारिए पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाले बताए।

किशोरी बेपत्ताको आरोपमा पञ्चेश्वर गाउँपालिकास्थित महाकाली प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार कृष्ण जोशी प्रहरीको हिरासतमा छन्। प्रहरी हवल्दार जोशीले किशोरीलाई बेपत्ता पारेको परिवारको आरोप छ।

ती किशोरीको परिवारले प्रहरी हवल्दार जोशीविरुद्ध सोमबार मुद्दा दर्ता गराउने तयारी गरेका छन्। व्यक्ति बेपत्ता पार्न नहुने कसुरमा जोशीविरुद्ध मुद्दा दर्ता गराउन परिवार जिल्ला प्रहरी कार्यालय पुगेका छन्।

पञ्चेश्वर गाउँपालिका–२ की १८ वर्षीया किशोरी शुक्रबार बिहानदेखि बेपत्ता छिन्। शुक्रबार बेलुका उनीहरूले महाकाली प्रहरी चौकीका इन्चार्जसमेत रहेका जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए।

किशोरी बेपत्ता पारेको आरोपपछि थप अनुसन्धानका लागि शुक्रबार राति नै जोशीलाई सदरमुकाम ल्याइएको थियो।

गाउँमै हुँदा ती किशोरी र प्रहरी हवल्दार जोशीको चिनजान थियो। बोलचाल पनि हुने हुनाले उनैले किशोरीलाई भगाएको परिवारको आरोप छ।

तर प्रहरी हवल्दार जोशीले भने किशोरी बेपत्तामा आफ्नो संलग्नता नरहेको जिकिर गरिरहेका छन्। प्रहरीसमक्ष प्रारम्भिक बयानले उनले ती किशोरीसँग चिनजान रहेकोले भेटघाट हुने गरेको बताएका छन्।

असोज २३ गते ती किशोरीलाई देखेको प्रहरी हवल्दारले बताएका छन्। किशोरीको परिवारले २४ असोज राति खाना खाएर किशोरी सुतेको र अर्को दिनदेखि सम्पर्कमा नरहेको बताएका छन्।

बैतडीमा १८ वर्षीया किशोरी बेपत्ता, भगाएको आरोपमा प्रहरी हवल्दार पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad