सुदूरपश्चिम


कैलालीमा आफैँले चलाएको मोटरसाइकल पल्टिँदा मृत्यु

कैलालीमा आफैँले चलाएको मोटरसाइकल पल्टिँदा मृत्यु

प्रतीकात्मक तस्बिर


नेपालखबर
असोज २२, २०८१ मंगलबार ९:५४, कञ्चनपुर

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आफैँले चलाएको मोटरसाइकल पल्टिँदा कृष्णपुर नगरपालिका–१ का ४० वर्षीय भरत भाटको मृत्यु भएको हो। 

भाट सवार सु.प.प्र.०१००८ प. ८९९७ नम्बरको मोटरसाइकल सोमबार दिउँसो आफैँ अनियन्त्रित भएर गोदावरी नगरपालिका–१ मनहरामा पल्टिएको थियो। 

दुर्घटनामा गम्भीर घाइते भएका भाटको उपचारका क्रममा गएराति माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा पछाडि बसेकी कृष्णपुर नगरपालिका-१ की १७ वर्षीया अनिशा भाट भने सामान्य घाइते भएकी छन्। उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad