ad ad

सुदूरपश्चिम


कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

नेपालखबर
असोज ९, २०८१ बुधबार १०:२०, कञ्चनपुर

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगबार राति भएको मोटरसाइकल दुर्घटनामा कैलारी गाउँपालिका-५ का १७ वर्षीय सागर विकको मृत्यु भएको हो।

कैलार गाउँपालिका-५ मनिकापुरमा सोही ठाउँका १८ को जोनसोन चौधरीले चलाएको बा ८९ प ६१३९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो। 

दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका सोही ठाउँका १७ वर्षीय विक गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल लगिएको थियो।

तर उपचारका क्रममा बुधबार बिहान ४ बजे विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त मोटरसाइकल र यसका चालक १८ को जोनसोन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .