ad ad

सुदूरपश्चिम


दार्चुलामा जिप दुर्घटना हुँद १० जना घाइते

दार्चुलामा जिप दुर्घटना हुँद १० जना घाइते

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ २७, २०८१ बिहिबार १३:४७, कञ्चनपुर

दार्चुलामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

बिहीबार दिउँसो मालिकार्जुन गाउँपालिका-७ धामीगडामा जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतका अनुसार गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज १०२० नम्बर जिप अनियन्त्रित भएर सडक छेउको नालीमा खसेको हो। 

घाइतेहरूको पहिचान खुलेको छैन। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

उपचारका लागि अहिले घाइतेहरूलाई जिल्ला अस्पताल पुर्‍याइएको छ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .