ad ad

सुदूरपश्चिम


सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमल शाह दोहोरिने पक्का, दाबी पेस गर्दै

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमल शाह दोहोरिने पक्का, दाबी पेस गर्दै

नेपालखबर
साउन २०, २०८१ आइतबार १२:१३, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह दोहोरिने भएका छन्।

नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका शाह मुख्यमन्त्रीमा दोहोरिन लागेका हुन्। 

प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको समय आज सकिँदै छ।

शाह मुख्यमन्त्रीमा दाबी पेस गर्न जाने तयारीमा छन्।

एक नेताअनुसार दाबी पेस गर्न प्रदेश प्रमुख मियाँसँग साढे १२ बजेको समय माग गरेका छन्।

शाह कांग्रेस सुदूरपश्चिम संसदीय दल नेतासमेत हुन्।

प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेस गर्न आह्वान गरेको थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .