ad ad

सुदूरपश्चिम


अध्यादेशबाट बजेट ल्याउन नचाहेरै विश्वासको मत मागेको हुँ : मुख्यमन्त्री पाण्डे

अध्यादेशबाट बजेट ल्याउन नचाहेरै विश्वासको मत मागेको हुँ : मुख्यमन्त्री पाण्डे

नेपालखबर
जेठ २८, २०८१ सोमबार १५:४४, काठमाडौँ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अध्यादेशबाट बजेट ल्याउन नचाहेका कारणले विश्वासको मत लिन लागेको बताएका छन्। 

सोमबार प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै पाण्डेले संविधानको पालन गर्नुपर्ने बताए। 

‘संविधानको पालन गर्नुपर्छ। संविधान कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो हो, को मुख्यमन्त्री भन्ने विषय गौण हो,’ उनले भने, ‘सरकारको ढुकुटी बलियो छैन।’

उनले प्रदेशका गतिविधिले संरचनामाथिनै प्रश्न उठाउने अवस्था बनेको पनि बताए। ‘हाम्रो गतिविधिले नै प्रदेश संरचनामाथि प्रश्न उठाउने अवस्था बनेको त छैन?,’ उनले भने। 

उनले डेढ वर्षमा ४ सरकार गठन हुनुलाई नागरिकले निको नमानेको पनि बताए। 

‘डेढ वर्षमा ४ सरकार गठन हुनुलाई नागरिकले निको मानेका छैनन्।उनीहरुले कसको नेतृत्वको सरकार हैन कि काम के भयो भन्नेमा छ,’ उनले भने। 

मुख्यमन्त्री पाण्डेले सबै दलहरूसँग विश्वासको मत मागेका छन्।

संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका पाण्डेलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .