सुदूरपश्चिम


कञ्चनपुरमा चितुवा पासोमा परेपछि...

कञ्चनपुरमा चितुवा पासोमा परेपछि...

कञ्चनपुरमा पासोमा परेको चितुवा।


नेपालखबर
चैत ९, २०८० शुक्रबार ८:३७, कञ्चनपुर

कञ्चनपुरमा चितुवा पासोमा परेको छ। जिल्लाको कृष्णपुर नगरपालिका–१ स्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा चितुवा पासोमा परेको हो।

बिहीबार राति पासोमा चितुवा पासोमा परेको खबर आएको डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत भीमप्रसाद कँडेलले जानकारी दिए।

उनका अनुसार चितुवाको खुट्टाको भाग पासोमा अड्किएको छ।

वनकर्मी र सुरक्षाकर्मी चितुवालाई रुँगेर बसेका छन्। 

उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको डार्ट टोलीलाई खबर गरिएको उनले बताए।

‘पासोमा परेको चितुवालाई डार्ट गरेर उद्धार गरिन्छ। निकुञ्जलाई खबर गरिएको छ’, उनले भने, ‘टोली चितुवा पासोमा परेको ठाउँमा पुग्दै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .