ad ad

सुदूरपश्चिम


कञ्चनपुर आइपुगे ओली, गरे वडा कार्यालय उद्घाटन

कञ्चनपुर आइपुगे ओली, गरे वडा कार्यालय उद्घाटन

दोधारा चाँदनी नगरपालिका–६ वडा कार्यालयको भवन उद्घाटनका क्रममा एमाले अध्यक्ष ओली


नेपालखबर
चैत १, २०८० बिहिबार १३:२३, कञ्चनपुर

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर आइपुगेका छन्। 

उनले यहाँस्थित दोधारा चाँदनी नगरपालिका-६, वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन्।

यसपछि उनले यहाँस्थित सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकन गर्ने कार्यक्रम छ।

बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली कञ्चनपुर पुग्दा

उनी आजै सुरु हुने एमालेको जिल्ला अधिवेशन उद्घाटन गर्ने सिलसिलामा कञ्चनपुर आइपुगेका हुन्।

एमाले कञ्चनपुर जिल्ला समितिका सचिव पल्लवराज भट्टका अनुसार ओलीले भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित संविधानचोकमा दिउँसो १ बजे अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। 

त्यसअघि उनले महेन्द्रनगरको मदन भण्डारी आधारभूत विद्यालयको भवन उद्घाटन गर्ने कार्यक्रम छ।

एमाले जिल्ला अधिवेशन उद्घाटनपछि ओली शुक्लाफाँटा नगरपालिकाको झलारीस्थित शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गरेर आजै काठमाडौँ फर्किने कार्यक्रम छ।

एमाले कञ्चनपुर जिल्ला अध्यक्षका लागि ४ जना आकांक्षी देखिएका छन्। जसमा कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लवराज भट्ट, नेताद्वय अशोक चन्द र हीरा चन्द छन्। 

जिल्ला अधिवेशनका लागि ४६४ जना प्रतिनिधि छनोट भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .