ad ad

सुदूरपश्चिम


सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी, तर कांग्रेसको नेतृत्व सुरक्षित

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी, तर कांग्रेसको नेतृत्व सुरक्षित

नेपालखबर
फागुन २३, २०८० बुधबार ९:१०, कञ्चनपुर

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।

समर्थन फिर्ता लिने निर्णय गर्न बुधबार बिहान १० बजेका लागि माओवादी केन्द्रले प्रदेश संसदीय दलको बैठक डाकेको छ।

नेपाली कांग्रेससँग सहयात्रा तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा सामेल माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबार नै बर्खास्त गरिसकेका छन्। 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेपछि माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो। 

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता मानबहादुर धामीले दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने बताए। 

माओवादीले समर्थन फिर्ता लिए पनि नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले नयाँ गठबन्धनमा सामेल हुने निर्णय गरिनसकेकाले कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार सुरक्षित छ।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ।

नेपाली कांग्रेसका १८, सभामुखसहित माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रतर्फ १/१ जना सांसद छन्। एक सिट भने रिक्त छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .