ad ad

सुदूरपश्चिम


सुदूरपश्चिमबाट ३ राष्ट्रिय सभा सांसद छान्न मतदान जारी, मतभारमा गठबन्धन अगाडि

सुदूरपश्चिमबाट ३ राष्ट्रिय सभा सांसद छान्न मतदान जारी, मतभारमा गठबन्धन अगाडि

नेपालखबर
माघ ११, २०८० बिहिबार १०:५८, कञ्चनपुर

तीन जना राष्ट्रियसभा सदस्य चयनका लागि सुदूरपश्चिममा मतदान जारी छ। सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी र महेश महरा तथा नेकपा एमालेकी इन्दु कडरियाको पदावधि फागुनमा सकिँदै छ। उक्त स्थानमा सदस्य परिपूर्ति गर्ने बिहीबार चुनाव भइरहेको हो।

सत्ता गठबन्धनबाट अन्यमा नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यकमा कांग्रेसकै नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द उम्मेदवार छन्। 

एमालेले अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशीलाई उम्मेदवार बनाएको छ। 

राष्ट्रिय सभा चुनावमा स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेश सांसद मतदाता हुन्छन्। 

निर्वाचन आयोगका अनुसार प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ छ।

सुदूरपश्चिममा स्थानीय तहको ३ हजार ३४४ र प्रदेश सांसदको २ हजार ७५६ गरेर कूल ६ हजार १०० मतभार छ।

मतभारमा नेपाली कांग्रेस पहिलो स्थानमा छ। ५३ प्रदेश सांसद रहेको सुदूरपश्चिममा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११ (सभामुखसहित), एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजादीका ४ तथा एक/एक जना राप्रपा र स्वतन्त्र सांसद छन्। 

बझाङबाट निर्वाचित कांग्रेस सांसद पृथ्वीबहादुर सिंह सडक दुर्घटनामा बिते। प्रदेशका ८८ स्थानीय तहमध्ये कांग्रेसका ४० प्रमुख र ४५ उपप्रमुख छन्। 

स्थानीय तहको १ हजार ६१५ र प्रदेशको ९५४ मतभारसहित कांग्रेससँग सबैभन्दा धेरै २ हजार ५६९ मतभार छ।

नेकपा एमालेसँग स्थानीय तहमा ९६९ र प्रदेशमा ५३० गरेर कूल एक हजार ४९९ मतभार छ। एमालेका २६ स्थानीय तह प्रमुख र २५ उपप्रमुख छन्।

सत्तारुढ नेकपा माओवादी केन्द्रसँग १ हजार ५८ मतभार छ। माओवादी केन्द्रसँग १४ स्थानीय तह प्रमुख र ११ उपप्रमुखको ४७५ तथा ११ प्रदेश सदस्यको ५८३ मतभार छ। 

नागरिक उन्मुक्तिसँग स्थानीय तहमा १३३ र प्रदेश सदस्यको ३७१ गरेर कूल ५०४ मतभार छ। उन्मुक्तिसँग कैलालीका ४ स्थानीय तहमा प्रमुख र ३ उपप्रमुख छन्। 

यस्तै २ स्थानीय तह प्रमुख तथा १ उपप्रमुख र ४ जना प्रदेश सांसद रहेको सत्तारुढ नेकपा एकीकृत समाजवादी कूल ३०७ मतभार छ।

सुदूरपश्चिममा स्वतन्त्रतर्फ १ प्रदेश सांसद, २ स्थानीय तह प्रमुख र १ उपप्रमुख गरेर ११० मतभार छ।

राप्रपासँग भने सबैभन्दा कम ५३ मतभार छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .