सुदूरपश्चिम


ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

नेपालखबर
पुस ७, २०८० शनिबार १९:३४, काठमाडौँ

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। शनिबार बेलुका बेदकोट नगरपालिका–६ सिसैयामा ट्याक्टरले ठक्कर दिँदा ६ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सिसैया चोकबाट करिब १५० मिटर उत्तरतर्फ से १ त ८९३० नम्बरको ट्याक्टरले ठक्कर दिँदा सिसैयाका असोक चन्दका ६ वर्षीय छोरा लब चन्दको मृत्यु भएको हो।

उत्तरतर्फबाट राजमार्गतर्फ आइरहेको ट्याक्टरले सडकमा रहेका बालकलाई ठक्कर दिएको थियो। घटनापछि आक्रोशित आफन्त र स्थानीयले पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिसैयामा सडक अवरुद्ध गरेका थिए।

टायर बालेर गरिएको सडक अवरोध करिब २ घण्टापछि अहिले सुचारु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए।

ट्याक्टर चालक बेदकोट नगरपालिका–१० का ४८ वर्षीय रामे चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad