कञ्चनपुरको दोधारा चाँदनीसँग सीमा जोडिएको भारतीय भूमिमा महिलाको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चम्पावत जिल्लाको बनबासा गडिगोठको पुल नहर छेउमा अज्ञात महिलाको शव भेटिएको हो।
मृतकको शव पोष्टमार्टमका लागि अहिले टनकपुर अस्पतालमा राखिएको छ। शवको सनाखत हुन सकेको छैन।
प्रहरीले ती मृतक महिला नेपाली हुनसक्ने आशंकामा पहिचानका लागि हुलिया सार्वजनिक गर्दै खबर गर्न आग्रह गरेको छ।
मंसिर ४, २०८०, साेमबार
45
Shares
प्रतिक्रिया