सुदूरपश्चिम


बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय (तस्बिरहरू)

बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय (तस्बिरहरू)

तस्बिरहरु : नरेन्द्र उपाध्याय


नेपालखबर
असोज १६, २०८० मंगलबार १६:३६, कञ्चनपुर

बझाङमा मंगलबार गएको भूकम्पले भौतिक संरचनामा क्षति पुर्‍याएको छ। भूकम्पबाट दुर्गाथली गाउँपालिका, तलकोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालय र घर भत्किएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार भूकम्पको क्षति एकिन विवरण आएको छैन। पुराना सरकारी भवन, घर भत्किनुका साथै राजमार्गमा पहिरो परेर अवरुद्ध बनेको छ।

तलकोट गाउँपालिकाकी उपप्रमुख पार्वती कुँवर भण्डारीका अनुसार ठाउँ ठाउँमा घर भत्किनुका साथै जमिन चिरा परेको छ।

अहिले पनि पराकम्पन गइरहेकोले आफूहरू त्रासले गाउँपालिकाको कार्यालय बाहिर बसिरहेको उनले बताइन्। तलकोट गाउँपालिका–१ को पक्की वडा कार्यालय भवन भूकम्पले पूर्ण रुपमा क्षति गरेको छ। 

अहिलेसम्म मानविय क्षति भने नभएको उनले बताइन्। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। 

त्यसको आधा घन्टापछि दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प गएको हो। सुदूरपश्चिम र कर्णाली प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad