ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा ६.३ रेक्टर स्केलको भूकम्प, बझाङमा केही घर भत्किए

सुदूरपश्चिममा ६.३ रेक्टर स्केलको भूकम्प, बझाङमा केही घर भत्किए

नेपालखबर
असोज १६, २०८० मंगलबार १६:८, कञ्चनपुर

सुदूरपश्चिममा आज (मंगलबार) दोस्रोपटक भूकम्प गएको छ। भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार दोस्रोपटक दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको हो। 

भूकम्पका कारण बझाङका केही घरहरू भत्किएका छन्।

केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। 

भूकम्पको धक्का सुदूरपश्चिम सँगै कर्णाली प्रदेशका धेरै जसो जिल्लामा महसुस गरिएको छ। 

भूकम्पबाट भएको क्षति भएको विवरण हालसम्म आउन सकेको छैन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .