ad ad

कारोबार


व्यक्तिको टकरावले राज्यको नीतिलाई बन्धक बनाउन हुँदैन : सांसद वाग्ले

व्यक्तिको टकरावले राज्यको नीतिलाई बन्धक बनाउन हुँदैन : सांसद वाग्ले

नेपालखबर
असोज १६, २०८० मंगलबार १६:४५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले व्यक्तित्वको टकरावले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु नहुने बताएका छन्।

मंगलबार प्रतिनिधि सभा अन्तरर्गतको अर्थसमिति बैठकमा बोल्दै डा.वाग्लले वित्तीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको भन्ने गुनासो लामो समयदेखि आएको भन्दै यस्तो बताएका हुन्। 

उनले सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि उपभोक्ताको समेत अपेक्षालाई समेटर सरकारले माइक्रो अर्थतन्त्रलाई पनि सँगै ध्यान दिनुपर्ने पनि बताए। सरकारले अर्थतन्त्र सुधारको आधार जलविद्युत र निर्यात वृद्धि मान्ने पनि उनले बताए। 

‘सरकारले गरेको बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पुँजीगत खर्चको प्रभावकारीता बारेमा बारेमा बनाएको कार्ययोजनाको कार्यप्रगति के छ। त्यो असोज,कात्तिकमा नै आउनुपर्ने थियो। त्यसको कार्य प्रगति अर्थसमितिलाई दिनुपर्छ,’ उनले भने, ‘भारतका मधेसप्रदेशका मुख्यमन्त्रीले पशुपति दर्शन गर्न जाऔं भनेर १ लाख भारतीय रुपैयाँमा दिएर पठाएका भारतीय पर्यटकहरू हवाई उडानमार्फत आइरहेको छ। चुनावी प्रसंगमा इडिओसिङक्राटिक नीति प्रतिफल स्वरुप पर्यटक वृद्धि भएको जस्तो देखिएको छ।’

डा.वाग्लले जलविद्युतको समग्र हेर्दा कुल गार्हस्थ्य  उत्पादनमा जम्मा १ प्रतिशत मात्रै रहेको बताउँदै ३ हजार मेगावाट जडित क्षमतामा १ प्रतिशत मात्रै भएको भन्दै सानो अंशले अर्थतन्त्रमा योगदान गर्न नसक्ने बताए। 

डा.वाग्लले सरकारले गरेको बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पुँजीगत खर्चको प्रभावकारीता बारेमा बारेमा बनाएको कार्ययोजनाको कार्यप्रगति समितिलाई दिन काम गरे।

‘औसतमा यस्ता कुराहरू लुक्छन् । सरकारले पत्रपत्र केलाएर दीर्घकालीन रुपमा जाने हो की ४० डलर खर्च गर्ने गरी ल्याउनुपर्छ। सरकारले आशावादको आधार जलविद्युत र निर्यात वृद्धि मान्नु भएको छ। जलविद्युतको समग्र हेर्दा कुल ग्राहस्थ उत्पादनमा जम्मा १ प्रतिशत मात्रै छ। ३ हजार मेगावट जडित क्षेमतामा १ प्रतिशत मात्रै हो,’ उनले भने, ‘सानो अंशले कति अर्थतन्त्रमा योगदान गर्छ। उपभोक्ताको समेत अपेक्षालाई समेटर सरकारले माइक्रो अर्थतन्त्रलाई पनि सँगै ध्यान दिनुपर्छ। वितीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको भन्ने गुनासो लामो समयदेखि चल्दै आएको छ। व्यक्तित्वको टकरावले सम्पूर्ण राज्यको नीतिलाई बन्धक बन्न हुँदैन।’

उनले भारतका मधेस प्रदेशका मुख्यमन्त्रीले पशुपति दर्शन गर्न जाऔं भनेर १ लाख भारतीय रुपैयाँ दिएर पठाएका भारतीय पर्यटकहरू हवाई उडानमार्फत आइरहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .