ad ad

सुदूरपश्चिम


पति डेढ वर्षदेखि भारतमा, पत्नी गर्भवती भएपछि बाहिरियो बलात्कार घटना

पति डेढ वर्षदेखि भारतमा, पत्नी गर्भवती भएपछि बाहिरियो बलात्कार घटना

गोकुल जोशी
असोज ४, २०८० बिहिबार २०:५, कञ्चनपुर

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सामूहिक बलात्कार घटनामा संलग्न ४ जना अभियुक्तलाई सार्वजनिक गरेको छ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रहरीले डडेल्धुराकी २० वर्षीया महिलामाथि भएको सामूहिक बलात्कार घटनामा संलग्न ४ जनालाई सार्वजनिक गरेको हो।

बलात्कार आरोपमा भागेश्वर गाउँपालिका–३ ओडगाउँका २३ वर्षीय कमल ओड, सोही ठाउँका १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओड पक्राउ परेका छन्।

प्रारम्भिक बयानका क्रममा ४ जना अभियुक्तले कसुर स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दीपक कुमार कार्कीले बताए।

उनका अनुसार पक्राउ पर्ने प्रकाश र दीपक अविवाहित हुन् भने अन्य दुई जना विवाहित हुन्। स्थानीय २० वर्षीया महिलामाथि उनीहरुले वैशाख ५ गते र वैशाख १२ गते गरेर दुई पटक बलात्कार गरेका थिए।

कमल र प्रकाशले ती महिलालाई गत वैशाख ५ गते दिउँसो स्थानीय नानिगाड खोलामा तथा तपेन्द्र र दीपकले गत वैशाख १२ गते साँझ भागेश्वर गाउँपालिकाकै डेकास्थित खाली रहेको घरको गोठमा जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

बलात्कारपछि महिलाको पेटमा ५ महिनाको गर्भ पाइएपछि घटना बाहिरिएको हो। प्रहरीका अनुसार ती महिला विवाहित हुन्। उनकी एक वर्षकी छोरी छन्। श्रीमान् करिब डेढ वर्षदेखि रोजगारीको शिलशिलामा भारतमा छन्।

३० भदौमा स्वास्थ्य शिविरमा जाँचका क्रममा महिलाको गर्भमा ५ महिनाको भ्रुण भेटिएको थियो।

श्रीमान् विदेशमा रहेको बेला घरमा श्रीमती गर्भवती पाइएपछि परिवारलाई शंका लागेर सोधपुछ गर्दा घटना बाहिरिएको डीएसपी कार्कीले बताए।

‘महिलाको पेटमा समस्या देखिएपछि स्वास्थ्य जाँच गरियो, त्यस क्रममा ५ महिनाको गर्भ भेटिएपछि घटना बाहिरिएको हो,’ उनले भने।

भदौ ३० मा पीडितको परिवारले प्रहरी चौकी लामिकाण्डेमा मौखिक जानकारी गराएका थिए। महिलाले केटाको हात र घाँटीमा ट्याटु रहेको बताएपछि खोजतलास गर्दै जाँदा प्रहरीले अभियुक्त पहिचान गरेको थियो।

असोज २ गते पीडितका ससुराले किटानी जाहेरी दिएपछि अभियुक्त ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरु अहिले जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा छन्।

जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .