ad ad

सुदूरपश्चिम


टीकापुर घटनामा कैलाली कारागारमा रहेका ३ जना रिहा हुँदै

टीकापुर घटनामा कैलाली कारागारमा रहेका ३ जना रिहा हुँदै

फाइल तस्बिर : कैलाली जिल्ला कारागार


नेपालखबर
असोज ३, २०८० बुधबार ९:५, कञ्चनपुर

टीकापुर घटनामा कैलाली कारागारमा कैद भुक्तान गरिरहेको तीन जना आज (बुधबार) रिहा हुँदै छन्। 

संविधान दिवसका अवसरमा कैद माफी पाएर टीकापुर हत्याकाण्डमा संलग्नताको कसुरमा जेल जीवन बिताइरहेका तीन जना रिहा हुने भएका हुन्। 

कैलाली कारागारमा जेल जीवन बिताइरहेका ९ जना बुधबार रिहा भइरहेको प्रमुख पदमराज तिमिल्सिनाले बताए। उनका अनुसार तीमध्ये ३ जना टीकापुर हत्याकाण्ड मुद्दाका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि उनीहरु रिहा हुन लागेका हुन्। 

टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा आज रिहा भइरहेका छन्।

यसअघि टीकापुर घटनाका मुख्य नाइके मानिएका रेशमलाल चौधरी गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते रिहा भएका थिए। उनी तीनै तहको अदालतबाट दोषी ठहर भएका थिए। 

चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक छन्। वि.सं. २०७२ सालमा टीकापुरमा थरुहट आन्दोलनको क्रममा बालक, सुरक्षाकर्मीसहित ८ जनाको हत्या भएको थियो।

कैलाली कारागारबाट कैदी रिहा हुने भएपछि नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता, मन्त्री, सांसद स्वागतका लागि धनगढी पुगेका छन्।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, संघीय सांसद र प्रदेश सांसद तथा मन्त्री र नेताहरू रिहा भएकाहरूलाई स्वागत गर्न धनगढी पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .