सुदूरपश्चिम


कैलालीको सीमाबाट विस्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित भारतीय पक्राउ

कैलालीको सीमाबाट विस्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित भारतीय पक्राउ

बरामद वस्तु र साइकलसहित अभियुक्त भारतीय नागरिक। तस्बिर : प्रहरी


नेपालखबर
असार २२, २०८० शुक्रबार ११:१, काठमाडौँ

कैलालीको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा इलाकाबाट बिहीबार सशस्त्र प्रहरीले विस्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

करिब २९ केजी ५ सय ग्राम गन्धकसहित भारत घर बताउने ४२ वर्षीय शिवा गुप्तालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

साइकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त गन्धकसहित उनलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (खोनपुर) ले नियन्त्रणमा लिएको हो। 

चेकजाँचका क्रममा उनले सुरुमा झोलामा आलु, प्याज रहेको भन्दै भाग्ने प्रयास गरेका थिए। तर शंकास्पद अवस्थामा देखिएका उनलाई नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा गन्धक बरामद भएको हो। के प्रयोजनका लागि गन्धक ल्याइएको हो भन्ने पत्ता लागेको छैन। 

नियन्त्रणमा लिइएका गुप्तालाई बरामद गन्धक तथा साइकलसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय (हसुलिया) मा बुझाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad