कञ्चनपुरमा शुक्रबार बयलगाडामा च्यापिएर एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेलौरी नगरपालिका-५ रामनगरका अमरसिंह चौधरीका दुई वर्षीय छोरा रेगम सिंह दहितको बयलगाडामा च्यापिएर मृत्यु भएको हो।
आफ्नै घरको आँगनमा राखिएको बयलगाडामा खेल्ने क्रममा बयलगाडाको अगाडिको भाग उठेर पछाडिको भागमुनि बालक च्यापिएका थिए।
घाइते बालकको उपचारका क्रममा कैलालीको धनगढीस्थित निर्सग अस्पतालमा मृत्यु भएको हो।
जेठ १९, २०८०, शुक्रबार
30
Shares
प्रतिक्रिया