ad ad

सुदूरपश्चिम


बझाङमा बसको ठक्करबाट बालकको मृत्यु, घटनास्थल तनावग्रस्त

बझाङमा बसको ठक्करबाट बालकको मृत्यु, घटनास्थल तनावग्रस्त

फाइल तस्बिर।


नेपालखबर
चैत १८, २०७९ शनिबार १७:५१, काठमाडौँ

बझाङमा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ। शनिबार दिउँसो सुर्मा गाउँपालिका–३ का धनबहादुर बोहराका तीन वर्षीय छोरा सरगम बोहराको ज्यान गएको हो।

जिल्ला सदरमुकाम चैनपुर जाने पक्की पुल नजिकै सडकमा खेलिरहेका बालकलाई पवनदूत यातायातको सुपप्र०२–००१ख १११९ नं बसको ठक्करबाट सख्त घाइते भएका बोहराको जिल्ला अस्पतालमा ज्यान गएको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

उनका अनुसार बालकलाई ठक्कर दिने बसचालक बैतडीको पुरचौडी नगरपालिका–५ का गणेश बोहरालाई नियन्त्रणमा लिइसकेको छ। 

दुर्घटनापछि घटनास्थल चौडबजार क्षेत्र तनावग्रस्त भएको छ। पीडित परिवार तथा आफन्तले बसचालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .