ad ad

सुदूरपश्चिम


नवनियुक्त मुख्यमन्त्री शाहलाई निवर्तमान मुख्यमन्त्री रावलले दिए बधाई

नवनियुक्त मुख्यमन्त्री शाहलाई निवर्तमान मुख्यमन्त्री रावलले दिए बधाई

नेपालखबर
माघ २६, २०७९ बिहिबार २१:३५, कञ्चनपुर

सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका शाहलाई निवर्तमान मुख्यमन्त्री रावलले टेलिफोन सम्पर्क गरेर बधाई ज्ञापन गरेका छन्।

दलीय भावनाबाट माथि उठेर समृद्ध सुदूरपश्चिम निर्माणका लागि एकताबद्ध भएर जानु पर्नेमा रावलको जोड थियो। उनले सुदूरपश्चिमको विकासको लागि आफ्नो सहयोग हुने समेत नवनियुक्त शाहलाई विश्वास दिलाएका थिए।

‘राजनीतिमा आउने जाने हुन्छ, यो निरन्तर प्रक्रिया हो,’ रावलले भनेका थिए, ‘विकासको सवालमा हामीहरु दलीय मान्यताबाट माथि उठेर मिलेर जानुपर्छ।’ 

मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वासको मत नदिएपछि २९ दिनमै सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार ढलेको थियो। 

२७ पुमा एमालेका रावल संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए।

एक महिनाभित्र विश्वासको मत जुटाउन नसकेपछि प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .