सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विकासका लागि सहमति, सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन्।
प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री रावलले यस्तो बताएका हुन।
‘को मुख्यमन्त्री बन्छ भन्ने ठूलो कुरा होइन, अहिले होडबाजी चलिरहेको छ,’ उनले भने, ‘विकासको लागि सहमति र सहकार्य गरे अगाडि बढ्नुपर्छ।’
सुदूरपश्चिमको राजधानी गोदावरी तोकिए पनि त्यहाँ संरचना बनाएर राजधानी सर्न नसकेकोले त्यसका लाग्नु पर्ने उनले बताए।
सत्ता साझेदार दल नागरिक उन्मुक्तिले विश्वासको मत नदिने भएपछि रावल अल्पमतमा परेका छन्। अहिले उनले प्रदेश सभा बैठकलाई सम्बोधन गरिरहेका छन्।
यो सँगै एमाले नेतृत्वको २९ दिनमै सरकार ढल्नेछ।
369
Shares

प्रतिक्रिया