सुदूरपश्चिम


मौन अवधिमा प्रधानमन्त्री देउवालाई भेट्न जानेको रिसोर्टमा भीड

मौन अवधिमा प्रधानमन्त्री देउवालाई भेट्न जानेको रिसोर्टमा भीड

नेपालखबर
मंसिर २, २०७९ शुक्रबार २०:५९, कञ्चनपुर

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा छन्। उनी डडेल्धुरास्थित रातो गुराँस रिसोर्टमा बसेका छन्।

आउँदो आइतबार हुने प्रतिनिधि र प्रदेश सभा चुनावको लागि ‘स्थिर अवधि’ (मौन) लागू भइसकेको छ। 

यसअवधिमा चुनाव प्रचारप्रसारमा रोक छ। तर, प्रधानमन्त्री देउवाले डडेल्धुरामा मतदाता भेटिरहेका छन्।

देउवालाई भेट्न जानेको रिसोर्ट परिसरमा शुक्रबार भीड नै लागेको थियो। सुरक्षा घेराभित्र पालैपालो मानिसलाई भित्र पठाइरहेको बेला पत्रकारलाई भने फोटो नखिच्न भनियो। 

त्यसपछि पत्रकारले प्रहरी प्रशासनलाई ‘सुरक्षा थ्रेट’ भएको खबर गरेपछि रिसोर्ट पुगेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी गाडिबाट बाहिर निस्किएनन्। 

डीएसपी मनोहर भट्टले अन्य प्रहरीलाई भिड हटाउन निर्देशन दिए। प्रहरीले भिड हटाएपछि रिसोर्ट पुगेकाहरू तितरवितर भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad