नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा कैलालीको अस्थायी राजधानी धनगढीमा छन्।
गृहजिल्ला डडेल्धुराका विभन्नि ७ ठाउँमा आयोजित आमसभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी झरेका थिए।
देउवा कैलाली र धनगढीका नेता तथा कार्यकर्तालाई बोलाएर चुनाव केन्द्रित भेटघाट तथा छलफल गरिरहेको कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए।
उम्मेदवार चयनको विषयमा असन्तुष्ट नेता कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूलाई बोलाएर देउवाले छलफल गरिरहेका छन्।
कैलालीका नेताकार्यकर्तासँग देउवाले चुनावी अवस्था र सम्भावित परिणामबारे जानकारी लिइरहेका छन्।
सोमबार कैलाली क्षेत्र नम्बर ३ को प्रदेश सभा (२) मा बागी उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीलाई पनि देउवाले निवासमा बोलाएर भेटेका छन्।
यस्तै, देउवाले कांग्रेस नेता तथा कार्यकर्तालाई चुनावमा जित हासिल गर्न सशक्त ढङ्गले लाग्न निर्देशन दिइरहेका छन्।
०७४ मा प्रधानमन्त्री देउवाकी पत्नीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु देउवालाई हराएको आरोपमा ओझालाई कांग्रेसले कारबाही गरेको थियो।
स्थानीय तह निर्वाचनमा पनि धनगढी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धन पराजित भएको थियो। स्वतन्त्र उम्मेदवार ओझाको पक्षमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता खुलेर चुनौती थपेपछि देउवाले धनगढीमा डेरा जमाएको विश्लेषण छ।
वाम लोकतान्त्रिक गठबन्धनकातर्फबाट कैलाली ५ मा कांग्रेसका डिल्लीराज पन्त, प्रदेश सभा (१) मा माओवादीका रमेशसिंह धामी र प्रदेश सभा (२) मा आरजुका स्वकीय सचिव प्रकाश देउवा उम्मेदवार छन्।
देउवाविरुद्ध कांग्रेसका युवा नेता क्षितिज भण्डारीले बागी उम्मेदवारी दिएका छन्।
नेकपा एमालेबाट प्रतिनिधिसभातर्फ ०७४ मा जितेका नारदमुनि राना चुनावी दौडमा छन्। प्रदेश सभा (१) मा नेपालु चौधरी र प्रदेश सभा (२) मा दुर्गाप्रसाद जोशी उम्मेदवार रहेका छन्।
आज र भोली धनगढीमै बिताउने प्रधानमन्त्री देउवाको बुधबार दार्चुला र बैतडीमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि उनी काठमाडौं फर्किने छन्।
24
Shares

प्रतिक्रिया