यूईएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वार्टरफाइनलमै रियल मड्रिड र लिभरपुल भिड्ने भएका छन्।
स्विट्जरल्यान्डमा सोमबार जारी ड्रमा रियल र लिभरपुल भिड्ने भएका हुन्।
अर्को खेलमा पीएसजीले कठिन प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई प्रतिद्वन्द्वी पाएको हो।
म्यानेचष्टर सिटीले आरबी लाइप्लिज, बेन्फिका र क्लब ब्रुग, एसी मिलान र टोटनह्याम, नेपोली र इन्ट्राच फ्रान्कफर्ट, चेल्सी र बोरुसिया डर्टमुन, इन्टर मिलान र पोर्तो, पीएसजी र बायर्न म्युनिख भिड्ने भएका छन्।
प्रि–क्वार्टफाइनलका खेलहरु विश्वकप सकिएपछि अर्थात फेब्रुअरी १४ देखि सुरु हुनेछ।
अन्तिम १६ को पहिलो लेगको खेल फेब्रअरीको १४,१५,२१ र २२ सम्म हुनेछ। दोस्रो लेग भने मार्च ७,८, १४ र १५ सम्म हुनेछ।
अन्तिम १६ मा ८ समुहका विजेता टोलीले अर्को समुहको उपविजेतासँग खेल्नेछन्।
पट ‘ए’मा समूह विजेता टोली नेपोली, पोर्टाे, बायर्न म्युनिख, टोटनहम, चेल्सी, रियल मड्रिड, म्यानचेस्टर सिटी र बेन्फिका छन्।
पट बीमा लिभरपुल, क्लब ब्रुग, इन्टर मिलान, इन्ट्राच फ्रान्कफर्ट, एसी मिलान, आर बी लिपजिग, डर्टमुन र पीएसजी रहेका छन्।
अन्तिम १६ को खेल सकिएपछि क्वार्टरफाइन र सेमिफाइनलको ड्र मार्च १७ मा हुनेछ। क्वार्टरफाइनलका खेल अप्रिल ११,१२, १८ र १९ मा हुनेछ।
सेमिफाइनलका खेल मे ९, १० र १६,१७ मा हुनेछ। फाइनल भिडन्त जुन १० मा इस्तानबुल एटाटुक ओलम्पिक स्टेडियममा हुनेछ।
Shares
प्रतिक्रिया