सुदूरपश्चिम


बालेन्द्रको पाइला पछ्याउँदै धनगढीका मेयरले चलाए डोजर

बालेन्द्रको पाइला पछ्याउँदै धनगढीका मेयरले चलाए डोजर

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १६:५५, कञ्चनपुर

कैलालीको धनगढी उपमहानगरपालिकाले मुख्य सडक छेउका संरचना हटाउन डोजर चलाएको छ।

कैलाली पुलदेखि क्याम्पसचोकसम्मको मेनरोडको बीच भागबाट दायाँबायाँ १५/१५ मिटर सडक विस्तार सुरु गर्न संरचनामाथि उपमहानगरपालिकाले डोजर चलाएको हो।

सडक विस्तार गर्न उपमहानगरका मेयर गोपाल हमाल डोजरका साथ आफैँ खटिएका छन्।

यसअघि उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो। सडकको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो।

तर, उपमहानगरले तोकेको समयमा सडक क्षेत्र खाली नभएपछि डोजर चलाएर संरचना हटाउन थालिएको हो।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सहरमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन डोजर चलाएपछि धनगढीमा पनि अनधिकृत संरचना हटाउन दबाब बढेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad