नेकपा एमालेले कञ्चनपुर क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएको छ।
प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेकपा एमाले कञ्चनपुरकी इन्चार्ज निरुदेवी पालले उम्मेदवारी दर्ता गराएकी छन्।
नेकपा एमालेले निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ। निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा (१) मा राप्रपा सुदूरपश्चिमका अध्यक्ष धर्मराज जोशीले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, प्रदेश सभा ३(२) मा नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टको उम्मेदवारी परेको छ।
30
Shares

प्रतिक्रिया