प्रतिनिधि सभा र प्रदेश सभाका लागि मोरङमा मनोनयन दर्ता सुरु भएको छ।
मोरङ निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत नेकपा एमालेका तर्फबाट लालबाबु पण्डितले प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका हुन्।उनको प्रस्तावकमा सागर थापा र समर्थकमा खड्ग प्रसाद श्रेष्ठ रहेका छन्।
मोरङ क्षेत्र नम्बर ६ मा लालबाबुले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग प्रतिस्पर्धा गर्नेछन् ।
०७४ को चुनावमा यही क्षेत्रबाट पण्डितले कोइरालालाई हराएका थिए । त्यसबेला पण्डितलाई माओवादीले सघाएको थियो । तर, यसपटक एमाले एक्लै चुनावी मैदानमा होमिएको छ भने कांग्रेसलाई माओवादीको साथ छ ।
मोरङ क्षेत्र नम्बर ६ क बाट एमालेकी रीता न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छिन्।

प्रतिक्रिया