ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा तीन शव भेटिए, बाढीले बगाएर ल्याएको आशंका

कञ्चनपुरमा तीन शव भेटिए, बाढीले बगाएर ल्याएको आशंका

फाइल तस्बिर


गोकुल जोशी
असोज ३, २०७९ सोमबार ९:४०, कञ्चनपुर

कञ्चनपुरमा छुट्टाछुट्टै दुई ठाउँमा तीन जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिका–१० पत्थरघाट र लालझाडी गाउँपालिका–१ डाडाबिचुवामा दुई महिला र एक पुरुषको शव भेटिएको हो।

सडेको अवस्थामा भेटिएको शवको पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए।

‘बाढीले बगाएर ल्याएको आशंका छ, शव सडेका छन्, पहिचान खुल्न सकेको छैन,’ उनले भने।

उनका अनुसार पुनर्वास नगरपालिका–१० पत्थरघाटमा उखुबारी नजिक अन्दाजी ३५ वर्षको महिला, लालझाडी गाउँपालिका–१ डाडाबिचुवामा अन्दाजी ५० वर्षीया महिला र ३० वर्षीया पुरुषको शव भेटिएको हो।

शव बाढीले बगाएर ल्याउन हुन सक्ने प्रहरीको अनुमान छ। तिनै शव सडेको अवस्थामा रहेकोले उनीहरुको सनाखत गर्नै प्रहरीलाई सकस परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .