ad ad

सुदूरपश्चिम


कञ्चनपुर र कैलालीका बस्तीमा पस्यो बाढी, सयौँ घर डुबानमा (तस्बिरहरू)

कञ्चनपुर र कैलालीका बस्तीमा पस्यो बाढी, सयौँ घर डुबानमा (तस्बिरहरू)

तस्बिर : गाेकुल जाेशी/नेपालखबर


गोकुल जोशी
असोज १, २०७९ शनिबार ८:२०, कञ्चनपुर

शुक्रबारदेखिको अविरल वर्षा पछि कञ्चनपुर र कैलालीका बस्तीहरु पानी भरिएर जलमग्न भएका छन्।

शुक्रबार मध्यरातीदेखि कैलाली कञ्चनपुरमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

वर्षाले मोहना, खुट्टीया, कान्द्रा, चौधर, स्याली नदीमा बाढी आएर खतरा आसपास पुगेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह समेत गरेको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका विभिन्न ठाउँमा बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा परेका छन्। 

कञ्चनपुरको बनहरा नदीमा आएको बाढी शुक्लाफाँटा नगरपालिकाका बस्तीमा पसेको छ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ स्थित बनहरा नदीको छेउमै बनहरा शिविरमा बाढी पस्दा करिब ३० घर डुबानमा परेका छन्।

बनहराको बाढीले १० घर बगाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए। डुबानमा फसेका बनहरा शिविरका बासिन्दाको शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर सुरक्षित स्थान सारेको शुक्लाफाँटा नगरपालिकाका मेयर रणबहादुर महराले बताए। 
‘राती पानी बढि परेपछि बनहरामा बाढी आएको छ, डुबानमा फसेका सिगास बस्तीका बासिन्दाको उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ।’ उनले भने।

उनका अनुसार त्यहाँका दुई घर बनहराको बाढीले बगाएको छ। समयमै उद्धार भएकाले मानविय क्षति हुनबाट भने जोगिएको उनले बताए। 

यस्तै, शुक्लाफाँटा नगरपालिका–१२ दुबाहमा १७ जना बाढीमा फसेका छन्। शसस्त्र प्रहरी र नेपाल प्रहरीले बाढीमा फसेका उनीहरुको उद्धार गरिरहेको छ।


यस्तै, शुक्लाफाँटा नगरपालिका–१२ दुबाह र भुली जोड्ने झोलुङ्गे पुल पनि बाढीको जोखिममा परेको छ। बनहरा नदीको बाढीले पुलको एक पिल्लर बगाएको छ। अविरल वर्षाले कैलाली कञ्चनपुरका बस्तीहरु जलमग्न भएका छन्।

कृष्णपुर नगरपालिका–५ मा पवित्रा बस्तीम मोहना नदी पस्दा ७० घरपरिवार भन्दा बढि विस्थापित भएको प्रहरीले जनाएको छ। त्यहाँका करिब २५० बासिन्दालाई पवित्रा आधारभुत विद्यालयमा राखिएको छ।

यस्तै, कृष्णपुर–४ मा मछेली नदी गाउँ पस्दा ४ घर डुबानमा परेका छन्। लालझाडी गाउँपालिका ३ बल्मी छोटी पर्सीयामा दोदा नदी गाउँ पस्दा १५० भन्दा बढि डुबानमा परेको प्रहरीले जनाएको छ। यस्तै, महाकाली नदीमा पनि पानीको बहाब बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .