कर्णाली


पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
असोज १, २०७९ शनिबार ८:३३, सुर्खेत

अविरल बर्षासँगैको खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्गको बड्डीचौर–तल्लोडुंगेश्वर सडक खण्डको कल्यानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले दुई दिनदेखि लगतार परेको पानीले सडक माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको र अवरुद्ध सडक खुलाउन डोजर पठाइएको जानकारी दिए।

यता, सुर्खेत दैलेख सडक खण्डको गोठीकाँडामा खसेको पहिरोका कारण ठूला सवारी साधन रोकिएका छन्। ठूलो ढुंगा सडकमा खसेपछि साना सवारी बाहेक ठूला सवारी सञ्चालनमा कठिनाइ भएको छ। 

ढुंगा हटाएर सडक सञ्चालनमा ल्याउनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad