सुदूरपश्चिम


सर्पले डसेर छोरीको मृत्यु, आमा सिकिस्त

सर्पले डसेर छोरीको मृत्यु, आमा सिकिस्त

फाइल तस्बिर


नेपालखबर
भदौ २१, २०७९ मंगलबार ६:१३, काठमाडौँ

विषालु सर्पको टोकाइबाट कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको सोमबार मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर) का प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ।  

मृतककी आमा अन्दाजी ४८ वर्षीया मञ्जु देवी दमाईलाई समेत यही भदौ १८ गते बिहान सुतिरहेको बेला घाँटीमा सर्पले डसेको थियो। महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको सघन उपचार कक्षमा मञ्जुको उपचार भइरहेको छ। उनको अवस्था मध्यम छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .