ad ad

सुदूरपश्चिम


बझाङमा एकै परिवारका तीन जनाको मृत्यु–प्रहरीले थाल्यो अनुसन्धान

बझाङमा एकै परिवारका तीन जनाको मृत्यु–प्रहरीले थाल्यो अनुसन्धान

गोकुल जोशी
साउन २५, २०७९ बुधबार १७:३६, कंचनपुर

बझाङको बुंगल नगरपालिका–९ रारुमा एकै परिवारका तीन जना मृत भेटिएको घटनाको प्रहरीले अनुसन्धान थालेको छ।

घटनास्थलमा रहेको ईलाका प्रहरी कार्यालय बुंगलको टोलीले घटनाका बारेमा सोधपुछ गरिरहेको छ।

बुंगल नगरपालिका–९ रारुकी २२ वर्षीया गीता पार्की ५ वर्षीय छोरी र ३ वर्षीय छोरासँगै झुन्डिएको अवस्थामा बुधबार मृत भेटिएका थिए।

घटनाको बारेमा मृतक गीताका श्रीमानमाथि सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए।

मृतक गीताका श्रीमान हिजो (मंगलबार) मात्रै भारतबाट घर पुगेको अनुसन्धानबाट खुलेको छ।

‘मृतकका श्रीमान हाम्रो निगरानीमै छन्, उनीमाथि घटनाका बारेमा सोधपुछ गरिरहेका छौँ’ प्रहरी निरीक्षक अवस्थीले भने, ‘प्रहरीको सम्पर्कमै छन्,  भागेका छैनन।’

भौगोलिक विकटताले बिहान सदरमुकाम चैनपुरबाट घटनास्थलतर्फ हिँडेको जिल्ला प्रहरी कार्यालयको टोली अझै त्यहाँ पुग्न सकेको छैन।

बझाङ प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थी नेतृत्वको टोली घटनास्थलतर्फ गएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .