नेपाली स्टार फरवार्ड सावित्रा भण्डारी 'साम्बा' को ह्याट्रिक मद्दतमा गोकुलम केरला एफसीले केराला महिला लिगको पहिलो हाफमा केरला युनाइटेडविरुद्ध फराकिलो अग्रता बनाएको छ।
भारतको केरलास्थित ईएमएस कर्पोरेसन स्टेडियममा जारी खेलको पहिलो हाफमा गोकुलमले केरला युनाइटेडविरुद्ध ५–० को अग्रता बनाएको हो।
एकपक्षीय खेलको पहिलो हाफमा साम्बाले ह्याट्रिकसहित ४ गरेकी छिन्। एक गोल कप्तान कश्मिनाले थपिन्।
गोकुलमका लागि खेलको तेस्रो मिनेटमा नै सावित्राले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्।
खेलको छैटौँ मिनेटमा कप्तान काश्मिनाले अग्रता दोब्बर पारिन्।
नवौँ मिनेटमा साम्बाले व्यक्तीगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्।
खेलको १२ औँ मिनेटमा साम्बाको प्रहार पहिलो बारमा लाग्दै बाहिरिएपछि ह्याट्रिक गर्ने मौका गुमाइन्।
२६ औँ मिनेटमा साम्बाले ह्याट्रिक पुरा गरिन्। खेलको ३५ औँ मिनेटमा सावित्राले गोल गर्दै खेललाई ५–० को अवस्थामा ल्याए।
Shares
प्रतिक्रिया