ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा पस्यो

कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा पस्यो

कटान रोक्ने प्रयास गरिँदै। तस्बिर : रासस


नेपालखबर
साउन १८, २०७९ बुधबार १०:४७, कञ्चनपुर

चौधर नदीको बाढी कञ्चनपुरको वेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ। बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ। 

बाढीका कारण बस्ती पूरै जोखिममा छ। स्थानीय सुरक्षित बासस्थानको खोजीमा छन्। 

सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन्। गएराति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन्।

उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण (शैलेश्वरी) का गणपति अमरबहादुर ऐरले जानकारी दिए। 

ऐरका अनुसार बाढीबाट स्थानीय किर्सन भुल, हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बालविकास केन्द्रको भवन जोखिममा छन्। सशस्त्र प्रहरी र स्थानीय बासिन्दा अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .