सुदूरपश्चिम


सुदूरपश्चिममा बजेट विवाद : प्रतिपक्षीसँगै सत्तारुढ दलका सांसदले गरे बैठक बहिस्कार

सुदूरपश्चिममा बजेट विवाद : प्रतिपक्षीसँगै सत्तारुढ दलका सांसदले गरे बैठक बहिस्कार

गोकुल जोशी
असार २७, २०७९ सोमबार १६:१०, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल गर्न बोलाइएको संसद बैठक प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले बहिस्कार गरेका छन्। 

प्रतिपक्ष नेकपा एमाले, लोसपा र जसपा सांसद प्रदेश सभा बैठकमा उपस्थित नभएपछि सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक पनि फेरि स्थगित भएको छ। 

बैठकमा सत्ता पक्षकै सांसदको उपस्थिती पनि न्यून देखिएको छ। प्रतिपक्ष दलको सिट खालि भएको भन्दै सभामुख अर्जुन बहादुर थापाले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्। 

सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र र सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सांसदहरु बजेटको पक्ष र विपक्षमा उभिएका छन्।

बजेटमा विधि र प्रक्रिया विपरीत मनपरी ढंगले योजना समावेश गरिएको भन्दै सत्तारुढ दलका केही सांसददेखि मन्त्रीले बजेट संशोधनको अडान राखेका छन्। 

सत्तापक्षको एक कित्ता भने यथास्थितिमै बजेट पास गर्ने रणनीतिमा छ। यही विषयमा सहमति नजुट्दा बजेट संसदमा प्रस्तुत भएको एक महिना बित्नै लाग्दा समेत बजेटमाथि छलफल अगाडि बढ्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad