ad ad

सुदूरपश्चिम


बुढीगंगा मतगणना अपडेट : तीनवटा वडामा एमालेले जित्यो, मेयर–उपमेयरमा पनि अगाडि

बुढीगंगा मतगणना अपडेट : तीनवटा वडामा एमालेले जित्यो, मेयर–उपमेयरमा पनि अगाडि

गोकुल जोशी
असार २५, २०७९ शनिबार ८:४, कञ्चनपुर

स्थानीय तहको निर्वाचनअन्तर्गत पुनः मतदान भएको बाजुराको बुढीगंगा नगरपालिकाका तीनवटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुढीगंगाका वडा नम्बर १, ९ र १० मा एमालेका उम्मेदवार विजयी भएका हुन्। 

वडा नम्बर १ मा एमालेका रणबहादुर थापा ४ सय १६ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका लोगबहादुर थापाले ३ सय ५० मत मात्रै ल्यान सके। 

वडा नम्बर ९ मा एमालेकै मीनबहादुर सिंह ४ सय ९२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका भरतबहादुर थापा २ सय ९३ मतमा रोकिए।

यस्तै, बुढीगंगा नगरपालिका–१० मा पनि एमालेकै दलबहादुर सावद ५ सय ४८ मतसहित विजयी भएका छन् । 

उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका मोहनबहादुर बुढाले ४ सय ९१ मत मात्रै ल्याउन सकेका छन्। 

यस्तै जारी मतगणनामा मेयर र उपमेयर पदमा पनि एमालेकै उम्मेदवारले अग्रता लिइरहेका छन्। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार २ हजार ९ सय ३७ मतगणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँ १ हजार ७ सय ३२ मतसहित अगाडि छन्। उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार रंगबहादुर खाती ७ सय २ मतान्तरले पछाडि छन्। खातीले १ हजार ३० मत ल्याएका छन्।

यस्तै, उपमेयर पदमा पनि एमालेकै उम्मेदवार मायाकुमारी खड्का (कुवँर) १ हजार ६ सय ८७ मतसहित अग्रस्थानमा छिन्। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसकी रिता शाही ६ सय २०  मतान्तरले पछाडि छन्। शाहीले १ हजार ६७ मत ल्याएकी छन्।

गत वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएकाे भन्दै विवाद भएपछि निर्वाचन आयोगले बुढीगंगा नगरपालिका बिहीबार पुनः मतदान गराएको हो।

कूल ९ हजार १ सय २८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .