नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको मालगाउँ–टिंकर सडक निर्माणको काममा कार्यरत एक मजदुरको भीरबाट लडेर सोमबार मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नौगाड गाउँपालिका–४ सिप्टीका ४६ वर्षीय जयबहादुर धामीको भीरबाट लडेर मृत्यु भएको हो।
व्याँस गाउँपालिका–२ मालगाउँस्थित माकुरीघाट नजिक भीरबाट लडेर धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए।
उनका अनुसार अहिले प्रहरी टोली घटनास्थल पुगेर र शव उठाउने काम चलिरहेको छ।
222
Shares
प्रतिक्रिया